बेष्ट फाइनान्सको कनेक्ट आईपीएस सेवा

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित



बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कनेक्ट आईपीएस सेवा सुरुवात गरेको छ ।

कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट हुन सक्ने जोखिम मध्यनजर गरी डिजिटल कारोब।र प्रोत्साहन गर्ने उद्देश्यसाथ यो सेवा सुरु गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

ग्राहकलाई सुरक्षित भई आफ्नो घरअफिसबाटै इन्टरनेट तथा मोवाइल लगायत विद्युतीय माध्यमबाट बैकिङ कारोेबार तथा विभिन्न भुक्तानी गर्न सहजहोस् भनी फाइनान्सले यो सेवा सुरुवात गरेको उनले बताए ।

सो सेवा लिन नेपाल क्लीयरिङ हाउस लिमिटेडको वेबसाइटमा तोकिए बमोजिमको फारम भरी, दर्ता गरेर सो को प्रति सहित फाइनान्सको पायक गर्ने शाखामा सम्पर्क गरी सुविधा उपयोग गर्न सक्ने छन् ।

यो सेवा मार्फत सरकारी महसुल एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण, क्रेडिट कार्ड विल भुक्तानी, मोवाइल रिचार्ज, शेयर कारोबार भुक्तानी लगायत अन्य विभिन्न सुविधा उपभोग गर्न सकिने जनाइएको छ ।