सफल मिडिया हाउसले गर्‍यो कर्मचारीको कोरोना बीमा

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित


सफल मिडिया हाउस प्रालि र सफल विज लिंक पोखराले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै प्रतिकर्मचारी १ लाख बराबरको कोरोना बीमा गरिएको सफल मिडिया हाउसका अध्यक्ष तथा कार्यकारी निर्देशक दुर्गाप्रसाद हुमागाईले बताए ।

सफल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा शाखाबीच सम्झौता अनुसार मिडिया हाउसमा कार्यरत कुनै पनि कर्मचारीहरुको पिसिआर टेष्ट पोजेटिभ देखिए बीमा कम्पनीले सम्झौता बमोजिमको रकम तत्काल उपलब्ध गराउने छ । यो बीमाको अवधि १ वर्षको हुनेछ ।

२०६१ सालदेखि पोखरामा प्रधानकार्यालय स्थापना गरी राष्ट्रिय तथा स्थानीय प्रकाशन प्रसारण संस्थामा विज्ञापन प्रकाशन प्रसारणका साथै मिडियासम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको यस सफल मिडिया हाउस प्रालि र सफल विज लिंकले हाल बालुवाटार काठमाडौंमा समेत कार्यालय स्थापना गरी सेवा प्रदान गरिरहेको सफल मिडिया हाउसका प्रबन्ध निर्देशक सरिता दाहालले बताइन् ।