आइजीपीमा शैलेश थापा नियुक्त

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ असार । शैलेश थापा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नयाँ आइजीपी थापालाई नियुक्त गरेको हो ।

कार्यक्षमता र वरिष्ठता आधारमा मूल्यांकन गरी गृह मन्त्रालयले आइजीपीमा शैलेश थापा क्षेत्रको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषदले यसैका आधारमा थापालाई आइजीपीमा नियुक्त गरेको हो ।

भक्तपुरका स्थायी बासिन्दा शैलेश आइजीपीका प्रतिष्पर्धी हरिबहादुर पाल हुन् । दुवैजना हाल दोस्रो र तेस्रो नम्बरका एआइजी हुन् । आइजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै एआइजी तारिणीप्रसाद लम्साल यसै हप्ता सेवानिवृत्त हुने भएकाले थापा र पालबीच प्रतिष्पर्धा थियो ।

नयाँ आइजीपी थापाको कार्यकाल २० महिना हुनेछ । २०७९ बैशाखसम्म उनको कार्यकाल भएकाले आइजीपी नियुक्तिमा सत्तारुढ दलका नेताहरुले चासो बढी लिएका छन् । थापा शालीन व्यक्तित्वका धनी मानिन्छन् ।