
कोरोना भाइरस (कोभिड–१९) को ग्राफ लगातार बढिरहँदा बिहीबार भने संक्रमित तुलनामा निको हुने बढेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थप १०८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३९ जना डिस्चार्ज भए । नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
यसैगरी, आइसोलेसनमा बस्नेको संख्या दिनानुदिन घट्दै गइरहेको बताए । कोरोना संक्रमणसँगको लडाईंमा बिस्तारै सफलता प्राप्त गर्दै गइरहेको भन्दै डाक्टर गौतमले यसको क्रेडिट सबैलाई जाने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
बिहीबारसम्म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।