ब्रेकिङ : पोखराको सराङकोट र हेमजामा पहिरो

-



     सफल आवाज    
     असार २६ गते २०७७ मा प्रकाशित



अविरल वर्षापछि ठाउँ ठाउँमा बाढीपहिरोका समाचार आउन थालेका छन् । यसैक्रममा पोखराको सराङकोट र हेमजामा पहिरो गएको छ । पोखरा महानगरपालिका वडा १८, सराङकोटको गोठादी र पोखरा २५, हेमजामा गएराति पहिरो गएको हो ।

गोठादीमा कम्तीमा ७ जना पहिरोमा परेकामा ३ जनाको मृत्यु भएको समाचार छ । बर्थ डे मनाउन गएकाहरु पहिरोको चपेटामा परेका हुन् । ४ जनाको उद्धार गरी उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनायो । मानिसको पहिचान खुल्न बाँकी छ ।

उता, हेमजामा पहिरोमा १ जनाको मृत्यु भएको छ ।

प्रहरी घटनास्थल जाँदै गरेको जनाएको छ । घटनाको विवरण आउन बाँकी छ ।