कथा : पटके मृत्यु

-



     शिवप्रसाद पाण्डे     
     असार २६ गते २०७७ मा प्रकाशित



बैठक कोठामा बसी रामचन्द्रले आफ्ना ७ वर्षे छोरी र ९ वर्षे छोरालाई नैतिक शिक्षा दिइरहेका थिए । उनी एउटा सरकारी अफिसका सुब्बा तहका कर्मचारी थिए । आफ्नै उमेरका ऋषिकेश नामका भाञ्जा पनि त्यसदिन सँगै थिए । ऋषिकेश पनि मामाकै तहका कर्मचारी थिए । उनी सदाचारी थिए । मामाको अकूत सम्पत्ति कमाइबारे उनलाई राम्ररी थाहा थियो । भाञ्जालाई समेत प्रभाव पार्ने मनसायले रामचन्द्रले सुनाउँदै गए ।

मानिस जन्मेपछि एकपटकमात्र मर्नु पर्दछ । धेरै मानिस धेरै पटक मर्दछन् । तिनीहरूको देखिने जीवन र वास्तविक जीवन फरक–फरक हुन्छ । जैविक मृत्यु हुनुअगावै मर्ने मानिसलाई मानिसको श्रेणीमा राख्नु हँुदैन ।

‘मान्छे मरेपछि पनि फेरि बाँच्दछ त बुवा ?’ यत्तिकैमा छोरीले सोधिन् ।
चोरी, ठगी, भ्रष्टाचार, झुटो बोल्ने व्यक्ति र त्यस्ता व्यक्तिले भनेको मान्ने समेत धेरै चोटी मर्दछ । रामचन्द्रका छोराछोरीलाई मर्नु दुःखदायी हुन्छ भन्ने कुरा प्रष्ट थाहा थियो । रामचन्द्रले धेरैचोटी मरेको कथा सुनाए ।

एकपटक एकजना सानो कदका कर्मचारी कामको सिलसिलामा गाउँ हुँदै जाँदै थिए । उनको भेट बाटोमा साँझपख एक पाका गाउँलेसँग भयो । ती गाउँलेले उनलाई आफ्नो घरमा बाँस बस्न अनुरोध गरे । दुवै जना घर आए । गाउँलेले मासु किनेर ल्याएका थिए । गाउँलेको घरमा उनकी बूढीमात्र थिइन् । अबेर साँझ गाउँले र ती कर्मचारीले मासुभात खान थाले । अचानक कर्मचारीको घाँटीमा हाड अड्कियो । सास फेर्न नसकेर एकैछिनमा उनको मृत्यु भयो ।

अब बुढाबूढीलाई फसाद प¥यो । तिनीहरूको आपसी सल्लाहले बूढीले लास बोकिन् । एकजना डाक्टरको घरमा पु¥याइ भ¥याङको छेउमा सुताएर बच्चा बिरामी भएको छ, हेर्दिनु प¥यो भनी घर फर्के । डाक्टर खाना खाएर भ¥याङ ओर्लदँै गर्दा ठक्कर लागेर त्यो लास तल झ¥यो । उनले हतारहतार नाडी छामे । डाक्टरले बच्चा मरिसकेको ठाने । त्यो बच्चाका आमाबुवा आउनुभन्दा पहिल्यै नै झमेलाबाट उन्मुक्ति पाउन त्यो लासलाई नजिकैको भण्डारेको घरको भित्र एउटा कुनामा राखी फर्के । उनी फर्के लगत्तै रक्सी खाएको भण्डारे कराउँदै घर आइ पुगे । भण्डारेले बत्ती बाल्दा त्यो लास देखे । एउटा चोर कुनामा चुपचाप लुकेको उनले ठाने । एउटा दरिलो दाउराले भण्डारेले चोर ठानेको लासको टाउकोमा बजाए । हलचल नगरेपछि भण्डारेले त्यसलाई छामे । सास नफेरेकाले एकैचोटले मरेको उनलाई लाग्यो । चोरै भए पनि मारेकोमा आफूलाई सजाय हुने हुँदा उन्मुक्तिको लागि त्यो लास बोकी बाहिर निस्के । एउटा घरको बन्द सटरमा ठडाएर त्यो लास राखे । बाटोमा लास बोकी हिड्दै गर्दा एउटा टोप पनि भेटिएको थियो । साथमा ल्याएको त्यो टोप पनि लासको टाउकोमा भिराइ उनी घर फर्के । त्यो टोप एउटा प्रहरीको रहेछ । प्रहरी आफ्नो बाटोमा छुटेको टोप खोज्दै फर्केर आउँदा केटाले लगाएर काइदासाथ उभिएको देखे । प्रहरीले एक थप्पड के जमाएका थिए, त्यो पल्ट्यो । प्रहरीले एकै चोटले मरेको ठाने । यसरी एक घण्टाभित्रमा ती कर्मचारी चार पटक मरे ।

ती मर्ने कर्मचारी भष्टाचारी थिएनन् होला । उनी भवितव्यले गर्दा एकैचोटी मरेका थिए । हाम्रोमा इमान्दारीलाई यसैगरी धेरै चोटी मारिन्छ । भ्रष्टलाई पुरस्कृत र पदोन्नति गरिन्छ । ऋषिरामले निराशासाथ भने । रामचन्द्रका छोराछोरी मर्ने मार्ने र पिट्ने कुराबाट भयभित भैसकेका थिए । आफ्नो मामाको छलछामको व्यवहारले कमाएको कालोधनलाई छोराछोरीले अवश्य पनि पछि घृणा गर्नेछन् भन्ने ऋषिरामले मनमनमा सोचिरहेका थिए । उनले मामाका भ्रष्ट कार्यहरु अरुलाई थाहा छैन भन्ने मामाको सोचाइप्रति पनि टिठ लागिरहेको थियो । छोराले पाँच दिनअघिको आफ्नो घरको घटना सम्झे । एउटा डरलाग्दो अंकल आएर पाँच लाखको चेक दिएको थियो । त्यो चेकको रकम ममीको खातामा जम्मा गर्ने भनिएको थियो । बाबाले एउटा त्यो र २० वटा जति अरु समय मिलाएर रातिमा काट्नु भनेका थिए । पछि रामचन्द्रका छोराले २० वटा के काट्ने भनेको हो बुवा भनी सोधेका थिए । रामचन्द्रले २० वटा मुला काट्ने भनेको हो । तर यो कुरा कसैलाई नभन्नु भनेका थिए । रामचन्द्रका छोराले झुटो बोल्नु हँुदैन भन्ने शिक्षा पाइसकेका थिए । त्यसैले उनले भने, ‘शनिवारको दिन ममीको खातामा पाँच लाखको चेक । भान्छामा काम गरिरहेकी रामचन्द्रकी ब्रढीले यो सुनी आँखा तर्दै बाहिर आएर भन्न थालिन्, ‘ बच्चाहरुसँंग के नचाहिँदो कुरा गरिरहनुभएको छ ?’


ऋषिरामले भने, ‘बच्चाहरूलाई पनि आफ्नो कुरा भन्न दिनु पर्दछ । मामाले बरु नैतिक शिक्षा दिइरहनु भएको छ । भाइले के नराम्रो कुरा गरेका छन् र माइजू यसरी रिसाउनु हुन्छ ?’


त्यसपछि ऋषिराम मन्द मुस्कान साथ रामचन्द्र ग्लानीको भावले मरेतुल्य भएर र रामचन्द्रकी बूढी क्रोधको भावले एक अर्कोको मुखमा पालैपालो हेराहेर गरिरहे ।