
प्रतिकात्मक तस्वीर
स्याङ्जाको आँधीखोला किनारमा एक पुरुषको शव फेला परेको छ ।
शुक्रबार दिउँसो पौने १ बजेको समयमा गल्याङ नगरपालिका वडा ४, डुडेस्थित आँधीखोला किनारमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान हुन सकेको छैन । प्रहरीले अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जनाए ।