
माउन्ट अन्नपूर्ण क्याम्पस पोखरा ११, फूलबारीले एसइई दिएका विद्यार्थीलाई बेसिक वेब र ग्राफिक डिजाइनिङ ट्रेनिङ दिने भएको छ ।
आइतबारदेखि १५ दिनसम्म चल्ने तालिमका लागि कुनै शुल्क लाग्ने छैन । इन्जिनियर सन्तोष पन्थले जुमबाट दैनिक १ घन्टा सहजीकरण गर्ने छन् । एसइई दिएर बसेका विद्यार्थीलाई अहिलेको लकडाउनका बेला केही सीप सिकाउन र अन्योलमा पनि आशा सञ्चार गर्न तालिम आयोजना गरिएको कलेजका कोअर्डिनेटर इन्जिनियर भेषबहादुर थापाले बताए ।
तालिम सकिएपछि प्रमाणपत्रसमेत उपलब्ध गराइने उनले जानकारी दिए । माउन्ट अन्नपूर्ण क्याम्पसमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन र स्नातकमा बिएस्सी र सिएसआइटी पढाइ हुन्छ ।