२४ घण्टा बित्दा पनि शव पहिचान भएन

-



     सफल आवाज    
     असार २७ गते २०७७ मा प्रकाशित


प्रतिकात्मक तस्वीर


स्याङ्जाको आँधीखोलामा भेटिएको पुरुषको शवको २४ घण्टा बित्दासमेत सनाखत हुन सकेको छैन ।

शवको अझसम्म पहिचान हुन नसकेपछि तथा आफन्तसमेत सम्पर्कमा नआएपछि स्याङ्जा प्रहरीले पुनः विज्ञप्ति जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार असार २६ गते दिउँसो पौने १ बजे गल्याङ ४, डुंडेस्थित आँधीखोलाको किनारमा अन्दाजी ५५/५६ वर्षीय पुरुषको शव फेला परेको हो ।

करिब साढे ५ इञ्च उचाइ, मोटो शरीर, कपाल छोटो तर फूलेको, नीलो कपडाको पाइन्ट लगाएको मंगलोलियनजस्तो देखिने ती पुरुषको हुलिया रहेको छ ।

प्रहरीले ती पुरुषको थप विवरण खुल्न नसकेको र अनुसन्धान जारी रहेको जनाएको छ ।