
पोखरा ८, सिमलचौरको राम आधारभूत विद्यालयमा वृक्षरोपण गरिएको छ ।
लायन्स क्लब अफ फिस्टेल सिटीको आयोजनामा शनिबार विद्यालय परिसरमा वृक्षरोपण गरिएको हो ।
कार्यक्रममा फलफूल तथा तेजपत्ताका ४२ वटा बिरुवा रोपिएको हो ।
प्रमुख अतिथि डिष्ट्रिक को–चिफ एड्भाइजर सुचित्रा थापाले बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरेकी थिइन् ।
पोखराका अन्य ठाउँमा पनि वृक्षरोपण गने योजना रहेको क्लब अध्यक्ष श्यामबहादुर श्रेष्ठले बताए।