गण्डकीमा कोरोना संक्रमित १२ सय

-



     सफल आवाज    
     असार २७ गते २०७७ मा प्रकाशित



गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय नजिक पुगेको छ । प्रदेशमा शनिबार १४ नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै पुरुष हुन् । योसँगै कुल संक्रमित संख्या १ हजार १ सय ७६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा २ सय ६७ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ३९ नमुना परीक्षण भएकोमा ती संक्रमित फेला परेको निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा पोखरा महानगरपालिकाका २ सय जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु वर्ष २५ र ८९ का हुन् ।

यस्तै, क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा तनहुँका ४, बागलुङ र स्याङ्जाका ३–३ र म्याग्दीका २ जनामा कोरोना देखिएको छ ।

तनहुँको व्यास नगरपालिकाका ३५ वर्षीय पुरुष, बन्दीपुरका १६ र १९ वर्षीय पुरुष, शुक्लागण्डकीका ३३ वर्षीय पुरुषको नमुना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ ।

बागलुङको बडीगाड गाउँपालिकाका १९ वर्षीय पुरुष, गल्कोटका २५ र ३५ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको छ ।

स्याङ्जाको चापाकोट, वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका १–१ जना पुरुषमा कोरोना देखिएको हो । चापाकोटका वर्ष २९, वालिङका वर्ष २० र कालीगण्डकीका वर्ष १९ का पुरुष हुन् ।

उता, म्याग्दीको रघुगंगा र अन्नपूर्णका समान ३० वर्षका पुरुषमा कोरोना देखिएको छ ।

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित चार जिल्लाहरु तनहुँ, बागलुङ, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुन् । ती जिल्लामा संक्रमित संख्या १ सय ५० नाघेको छ । सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २ सय ६३, बागलुङमा २ सय १५, स्याङ्जामा १ सय ८८ र तनहुँमा १ सय ५० जना कोरोना संक्रमित छन्