
कोरोना भाइरस (कोभिड–१९) रोगको कारण चैत पहिलो सातादेखि अवरुद्ध भाषा परीक्षा सञ्चालन हुने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार जनस्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरी प्रभावकारी र व्यवस्थित रुपमा भाषा परीक्षा सञ्चालन गराउन सूचना जारी गरेको हो ।
आइएलटिएस, टोफेल, पीटिइ, जेएलपिटी, स्याट, जीआरआई, जीम्याट वा अन्य यसै प्रकारका भाषा तथा अनलाइन प्रणाली मार्फत सञ्चालन हुने परीक्षा अतः सञ्चालन हुने भएका हुन् ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षासम्बन्धी निर्देशिका, २०७३ बमोजिम शैक्षिक परामर्श सेवा वा भाषा शिक्षण वा पूर्व तयारी कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त संस्था वा कम्पनीले उल्लेखित भाषा परीक्षा सञ्चालन गर्न पाउने भएका छन् ।
यसरी परीक्षा लिँदा जनस्वास्थ्य सुरक्षा मापदण्ड भने अपनाउनु पर्ने कार्यविधिमा उल्लेख छ । त्यस्तै, भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्दछ ।
परीक्षा कोठामा प्रत्येक परीक्षार्थीबीच कम्तीमा २ मिटर दूरी कायम गरी अंग्रेजी अक्षर एल आकारमा सिट व्यवस्थापन गर्नुपर्नेछ ।
यसअघि चैत पहिलो सातामा आइएलटीएसको आंशिक परीक्षा लिई अन्य परीक्षा स्थगित भएका थिए।