ऐश्वर्या र आरध्या कोरोनामुक्त

-



     सफल आवाज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


बलिउडकी चर्चित नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या कोरोनामुक्त भएका छन् । उनीहरु दुवै डिस्चार्ज भएका छन् ।

उनीहरुको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको अभिषेक बच्चनले ट्वीटमार्फत जानकारी दिएका छन्

जुलाई ११ मा अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि भएको थियो। उनीहरुमा कोरोना देखिएपछि जया बच्चन, एश्वेर्या र आरध्याको कोरोना परीक्षण भएको थियो।

अमिताभ, जया र अभिषेक अझै कोरोनामुक्त भएका छैनन् । उनीहरु उपचारमै छन् ।एजेन्सी