गायक बुद्धिसागरको तीजगीत ‘चस्मा लाएर’ सार्वजनिक

-



     सफल आवाज    
     श्रावण २० गते २०७७ मा प्रकाशित



दर्जनौ चर्चित लोकदोहोरी गीत गाएर चर्चाको शिखरमा पुगेका गायक बुद्धिसागर बस्यालले चस्मा लाएर नामको तीजगीत सार्वजनिक गरेका छन्। विशेषगरि पुरुषको बेदनालाई रमाइलो शैलीमा प्रस्तुत गरेर गीतले चर्चा बटुलेको छ ।

कोरोनाले गर्दा अन्य क्षेत्र जस्तै चाडपर्वमा पनि असर परेको कुरा गीतमा सुन्न सकिन्छ । लकडाउनको अवधिमा स्कुल, कलेज, कृषक, व्यापारी, महिला, पुरुष सबैले भोगेका घटनालाई गीतमा समेटेर गायक बस्यालले समसामयिक गतिविधिलाई गीतमा उतारेका छन् ।

जागिरबाट निकालिएका यूवाको दुखेसोदेखि दाजुभाईले तिजमा दिदीबहिनी लिन जान नपाएको कोरोना परिवेश समेत गीतमा समेटिएको छ । सिमा मिचिएका कुरा, भाषा धर्म संरक्षणको आग्रह कोरोना कहर लगायत राष्ट्रियताका कुरा पनि गीतमा समेटीनु यसको अर्को सबल पक्ष हो ।

भिडियोमा केही भाग विवादित भएपछि पुनः सम्पादित गरि गीत बजारमा आएको गायक बुद्धीसागर बस्यालले सफल आवाजलाई बताए । video link https://youtu.be/kUfklRtZnmY