मदन पुरस्कारलाई ७ पुस्तक छनोट

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित



मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि ७ पुस्तक छनोट गरेको छ ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले २०७६ सालमा प्राप्त १५१ मध्येबाट ७ पुस्तक छनोट गरेको जानकारी दिए ।

जसमा विमल निभाको कविता संग्रह जोकरको बन्दुक, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको उपन्यास परित्यक्ता, योगी धर्ममहारसको आयुर्वेदसम्बन्धी पुस्तक महारसनिघण्टु ९१–३०, चन्द्रप्रकाश बानियाँको उपन्यास महारानी, ललित विष्टको कथा संग्रह मोहपथ र शारदा शर्माको कविता संग्रह यात्रामा नामको कृति परेको छ ।