मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियर बीच सहकार्य

-



     सफल आवाज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित



मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियर काठमाण्डौं बीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले बताए ।