
काठमान्डाै । नारीको पिर र वेदना समेटिएको गायक कुशल विश्वकर्मा र गायिका विष्णु परियारको आवाजमा रहेको तिज गीत पारीको संगी सार्वजनिक भएको छ ।
तिजको वेलमा आपसमा दिदि बहिनीहरु भेला भएर बर्ष भरीको पिडालाई आपसमा रमाइलो तरिकाबाट साटासाट गर्ने परम्परा रहेको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा छ । ”पारीको संगी” गीतमा मौलिक शब्द र ग्रामिण परिवेशको आधारमा तयार पारिएकोले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतको प्रस्तुतकर्ता सुस्मिता क्षेत्रीले बताइन ।
जिवन सेन्चुरीको छायाँकन तथा सम्पादन र खुम मगरको निर्देशन भिडियोमा रहेको छ । ”पारीको संगीतको भिडियोमा खुम मगर र शिल्पा कार्कीको अभिनय तथा नृत्य रहेको छ ।