सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेज बिच सम्झौंता

-



     सफल आवाज    
     श्रावण २८ गते २०७७ मा प्रकाशित



काठमाण्डौ , २८ साउन । बालुवाटार,काठमाण्डौको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ललितपुर, ग्वार्कोको क्वेष्ट इन्टरनेशनल कलेज बिच सम्झौता भएको छ । बित्तिय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्ने उद्देश्यलाई टेवा पु¥याउन सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा आज हस्ताक्षर भएको हो ।

क्वेष्ट इन्टरनेशनल कलेज ग्वार्को ललितपुरका तर्फबाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन ।

पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका कक्षा संचालन गर्दै आएको कलेजमा सात सय भन्दा वढी बिद्यार्थी अध्यनरत रहेका छन । कलेजका विद्यार्थीहरुलाई आवश्यकता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले इन्टरनशिपको सुविधा पनि दिँदै आएको छ ।

समझदारी पत्रमा हस्ताक्षर पश्चात बैंकका कर्मचारीहरुले क्वेष्ट इन्टरनेशनल कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा बिशेष सुबिधा तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरिएको छ । यो सहकार्यलाई मानब संसाधन विकासमा शिक्षा क्षेत्र, बित्तिय क्षेत्र, उद्योग तथा व्यवसाय बिच देखिएको ठुलो खाडल क्रमशःपुरिदै जाने अभियानको सुरुवाती कदमको रुपमा लिइएको बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

बैंकलाई ग्राहकले गरेको विश्वास र बैंकप्रतिको भरोसाको फलस्वरुप बैकले हाल मुलुकभरका ९१ शाखा कार्यालयहरु, ३० एटिएमबाट संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको पालना गर्दै सेवा दिदैं आएको छ ।