पर्साका प्रजिअ र सहायक प्रजिअकाे सरुवा

- कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको आरोप

-



     सफल आवाज    
     श्रावण २८ गते २०७७ मा प्रकाशित


पर्सा,२८ साउन । कोरोनाको प्रकोप बढिरहेको समयमा पर्साका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
गृह मन्त्रालयले पर्साका प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालयमा सरुवा गरेको हो । सहायक प्रजिअ ललितकुमार बस्नेतलाई जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा गरेको छ ।कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भन्दै गृहले उनीहरुको सरुवा गरेको बताइएको छ ।

कार्कीले बारा जिल्लाले राम्रो समन्वय नगरेकोले पर्सामा बढी क्षती पुगेको भन्दै आएका थिए । कोरोना संक्रमण रोक्न आफुले काम गर्न नसकेको र अर्को जिल्लाको कारणले पर्सामा संक्रमण फैलिएको भनि मन्त्रालयमा रिपोर्टिङ गरेको भनी उनको आलोचना समेत भएको थियो ।

पर्साका लागी नयाँ प्रजिअमा हाल धादिङको प्रमुख जिल्ला अधिकारी रहेका अस्मान तामाङलाई पठाइएको गृह मन्त्रालय स्रोतले बतायो । यस्तै सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको छ ।