कर कार्यालयका १२ जनाले जिते कोरोना

-



     सफल आवाज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित



नेपालगञ्ज । पछिल्लो समय कर कार्यालयहरुमा पनि कोरोनाको उच्च जोखिम देखिएको छ । कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै जादा कर कार्यालयमा कार्यरत कर्मचारीहरुमा समेत जोसखम बढेको हो । तर निको हुनेको संख्या पनि देखिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ४ कर अधिकृतसहित १२ जना कारोना संक्रमण मुक्त भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार ४ जना कर अधिकृत, ४ जना सहायक कर्मचारी र ४ जना कर्मचारी परिवार संक्रमण मुक्त भएका हुन् ।