
काठमाडाै, सिद्धार्थ बैंक लिमिटेडले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई सहयोग रकम हस्तान्तरण गरेको छ । बैकले बुधबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड सतसट्ठी लाख सत्ताइस हजार नौ सय उनन्तिस रुपैया रकम हस्तान्तरण गरेको हो ।
अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन ।
सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताए ।
यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी छयहत्तर लाख चौबिस हजार छ सय बिस रुपैया सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल तीन करोड त्रीचालीस लाख बाउन्न हजार पाँच सय उनन्चास सहयोग प्रदान गरेको बैंकका अध्यक्ष मनोजकुमार केडियाले सफल आवाजलाई बताए ।