लक्ष्मी बैंकको दुई एक्स्टेन्सन काउण्टर विस्तार

-



     सफल आवाज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित


लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ ।

छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका वडा न. ३, जाफेमा स्थापना भएको हो । सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका वडा न. ८ सुनखानीमा सुरु गरेको बैंकले जनाएको छ ।

यी दुई नयाँ एक्स्टेन्सन काउण्टरको स्थापना पछि लक्ष्मी बैंकको संजाल देशको ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैकको बिज्ञप्तीमा जनाइएको छ ।