ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त

-



     सफल आवाज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित



काठमाडौं , ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । भदौ १ गतेदेखि जिम्मेवारि लिने गरी नियुक्त गरिएको बताइएकाे छ ।

ग्लोबल आइएमई बैंक अधिकांश सूचकका आधारमा नेपालकै ठूलो बैंक हो । दुई ठूला बैंकहरु ग्लोबल आइएमई र जनता बैंक मर्जर भएर बनेको यस बैंकको कार्यकारी नेतृत्व यस अघि पर्शुराम कुंवरले गरीरहेका थिए ।

कुंवरले राजिनामा दिएपछि रिक्त रहेको सीईओ पदमा बज्रचार्यलाई लगिएको हो । बज्राचार्य लामो अनुभव भएका बैंकर हुन् । उनी यस अघि सनराइज बैंकको सीईओ थिए ।
सनराइज बैंक भन्दा अगाडि उनी ग्लोबल आइएमइ बैंककै प्रमुख कार्यकारी अधिकृत थिए । बज्राचार्यसँग बैंक तथा वित्तीय क्षेत्रकाे करिव ४० वर्षको अनुभव छ ।