नबिल बैंकद्धारा सरकारको कोराना उपचार कोषलाई ६ करोड सहयोग

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



काठमाडाै , नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र बैकका संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक तथा संचालक निर्वाण चौधरीले सहयोग रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आइतबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका हुन् ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्ने नबिल कर्मचारीहरुको प्रयासबाट जम्मा भएको र प्रत्येक नबिलियनको समर्पणको परिणाम रहेकाे याे रकम सरकारलाइ सहयाेग गर्न पाउदा बैकले सामाजिक जिम्मेवारी निर्वाह गरेको अनुभुति गरेकाे बैकका संचालक निर्वाण चौधरीले बताए।

बैकका सीईओ अनिलकेशरी शाहले नेपालमा कोरोना भाइरस महामारी विरुद्ध लड्न नेपाल सरकारलाई थोरै सहयोग पुग्ने ठानेर बैंकले यो सहयोग हस्तान्तरण गरेको बताए ।