एनएमबीले ल्यायाे बैंकिङ्ग क्षेत्रमै पहिलो डिजीटल बैंकिङ्ग “ओम्निच्यानल”

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



एनएमबी बैंकले नेपालको डिजीटल बैंकिङ्गको वेब र मोबाइल एप्लिकेशनमा “एनएमबी ओम्नि च्यानल” प्रस्तुत गरेको छ । ‘साच्चै डिजिटल बैंकिङ्ग अनुभव’ मुल मन्त्र सहित ओम्निच्यानल डिजाईन गरि बैंकिङ्ग क्षेत्रमै पहिलो पटक अघि सारिएको बैकले जनाएको छ ।

एनएमबी ओम्निच्यानलको साथले ग्राहकले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नगई आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिंग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् । केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न÷बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन सक्नेछन ।

खाताको उद्देश्य, कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट गर्न, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एक भन्दा बढी खाताहरू हेर्न, डिमांड ड्राफ्टहरू जारी गर्न पनि ग्राहक बैक पुग्नु पर्ने छैन ।

एफडीआई प्रमाणपत्र प्राप्त गर्न, युएसडी कार्ड अनुरोध गर्न, टप अप गर्न, कर्जा योग्यता परिक्षण गर्न, खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू ओम्नि च्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिन्छ । ग्राहकहरूले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको इएनएमबि मोबाइल एप्लिकेसन डाउनलोड गरी सेवा सुरू गर्न सकिने बैकले जनाएको छ ।