मन्त्र ब्याण्डको नयाँ गीत ‘माया’ बजारमा

-



     सफल आवाज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित



पोखरा, ६ भाद्र। गीत संगीतको उन्नयनको‌ लागि धेरै कलाकार कति ब्यक्तिगत रुपमा त कति ब्याण्डमा आबद्ध भएर लाग्नु भएको छ । यस्तै ब्याण्डमा आवद्ध भई रक शैलीको गीत संगीतद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको नेपाली गीत संगीतकै एक अब्बल ब्याण्ड हो मन्त्र । श्रोता तथा दर्शकको मनोभावनालाई हृदयगम गरी बेला बेलामा नयाँ नयाँ गीत प्रस्तुत गर्दै आएको‌ यस ब्याण्डकाे नयाँ गीत ‘माया’ मन्त्र अफिसियल युट्युब च्यानलबाट आज रिलिज भएको छ ।

ब्याण्डकै स्वर संगीत रहेको यस गीतको रचना सुरेश कुमार र मन्त्र ब्याण्डकै रहेको छ । गीतकाे भिडियो भारतको‌ दार्जिलिङका सुन्दर‌ र रमणीय ठाउँहरुमा गरिएको‌ छ । यस भिडियोको‌ निर्देशन‌‌ शिखर छेत्रीले‌ गरेका छन भने एलिसा छेत्री र अजय लिम्बुले गीतमा अभिनय गरेका छन् ।‌ब्याण्डको‌ गायकमा भाष्कर देवान, गीतारमा प्रग्या लामा, बेस गीतारमा प्रभास सुब्बा, किबोर्डमा मनिष आले, बासुरी र सेक्सोफोनमा बिधान थापा, ड्रम्समा ब्रिजु चौधरी र साउण्ड इन्जिनियरमा अर्पण सेन्चुरी रहेका छन् । उक्त ब्याण्डको‌ ब्याण्ड म्यानेजर सन्जु सुनार हुन । जो ‌पोखरा बसेर ब्याण्डको‌ ब्यबस्थापन गरिरहेका छन् ।

ब्याण्डको स्थापना र सदस्यहरुको‌ बसाई भारतको‌ दार्जिलिङमा भए पनि याे ब्याण्डले नेपाली माटो र जनजीवनको‌ गीतहरु गाउँदै आएकाे ब्याण्ड म्यानेजर सन्जु सुनारले जानकारी दिए । यस ब्याण्डका बीर गोर्खाली, सधैं सधैं, हिमाली नेपाली, सस्कृति, प्रियसी, जब सम्म‌ आदि श्रोता तथा दर्शकले अत्यन्तै रुचाएका सुपरहिट गीतहरु हुन । यस ब्याण्डले नेपाल, भारत, बेलायत, अमेरिका, अष्ट्रेलिया, दुबई लगायत देशका अधिकांश शहरहरुमा आफ्नो‌ लाइभ प्रस्तुती प्रस्तुत गरिसकेका छन ‌।