बैंकका एटीएम बुथहरुमा अब स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदाै ९ । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने भएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएकाे हाे। 

सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि यस्तो निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । एटीएममा धेरै मान्छेको आउँजाउँ भइरहने र यसबाट पनि संक्रमण फैलन सक्ने सम्भावना रहेका कारण सतर्कताका लागि यस्तो निर्देशन जारी गरिएको उनले बताए ।

 एटीएमका ढोकाहरु पनि खुलै राख्न राष्ट्र बैंकले भनेको छ । बन्द अवस्थामा रहेका एटीएमका ढोकाहरुमा सबैले छुनु पर्ने भएकाले खुलै राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।