एनआइसी एसिया बैंककाे ‘सुपर सिक्स योजना’ सार्वजनिक

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदाै ९ । एनआइसी एसिया बैंकले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न ‘सुपर सिक्स योजना’ ल्याएकाे छ । याे ‘सुपर सिक्स योजना’ मा ग्राहकले बैंकको मोबाइल बैंकिङ मार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । भदौ ८ देखि २७ गतेसम्म गरिएको कारोबारलाइ मात्र यो योजना समाबेश गरिनेछ । यसका लागी ग्राहकले न्यूनतम रू १०० सम्मकाे कारोबार गर्नुपर्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको बैंकले १५ हजार भन्दा बढी QR Merchants र करिब ४ हजार POS Merchants मार्फत उत्साहजनक विद्युतीय कारोबार हुंदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ मार्फत गर्न ग्राहकलाई प्रोत्साहनका लागि यस्तो योजना ल्याएको बताएकाे छ ।

यस असाधारण समयमा ग्राहकको सुरक्षाका लागि बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । यस योजनामा मोबाइल बैंकिङमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।

यस बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै समयअनुरुप ग्राहकमैत्री एवं प्रोत्साहनमुलक योजनाहरू ल्याउदै आएको छ । बैंकले आफ्ना मोबाइल बैंकिङ वा   डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

डिजिटल फस्ट बैंक बन्ने आफ्नो दिर्घकालीन रणनीति अनुरूप ग्राहक महानुभावहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै आएको यस बैंकले गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । गत आर्थिक वर्षमा मात्रै बैंकले डिजिटल बैंकिङ्गतर्फ उल्लेखनीय उपलब्धी हासिल गर्दै हाल ८ लाख ६६ हजार डेबिट कार्ड, १२ लाख १ हजार मोबाइल बैंकिङ र १ लाख १२ हजार इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरू पु¥याएको बताइएकाे छ ।

बैंकलाई आम जनमानसले गरेको विश्वास, स्नेह र बैंकप्रतिको भरोसाले बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएकाे छ ।  २२ लाख भन्दा बढी ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद छन् ।