सन्दीपको २ विकेट,जमैकालाई राहत, सेन्ट किट्स ३७ रनले पराजित

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ भदौ। नेपाली क्रिकेटर सन्दीप लामिछानेले २ विकेट लिएपछि जमैका तल्लाहवाजले राहत पाएको छ ।

सिपिएल, क्यारेबियन प्रिमियर लिगको गएराति ट्रिनिडाडमा भएको म्याचमा लामिछाने आवद्ध रहेको टीम जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गरेको छ ।

यस खेलअघि जमैका र सेन्ट किट्स अङ्क तालिकाको पुछारमा रहेका थिए । जमैकाको अङ्क तालिकामा स्थान पाँचौँ थियो भने सेन्ट किट्स नेभिस प्याट्रियोट्स पुछारमा रहेको थियो ।

अन्तिम चारमा रहनको लागि दुवै टोलीलाई जितको आवश्यक्ता थियो । सन्दीपले २ दुई विकेट लिएपछि जितको सुनिश्चितता भएसंगै जमैका अङ्क तालिकाको तेस्रो स्थानमा परेको छ । सेन्ट किट्स अङ्क तालिकाको अन्तिममा रहेको छ । जमैकाको जितसंगै उसलाई उपाधि आफ्नो पकडमा लिन बाटो सहज भएको छ ।

सन्दीप आवद्ध जमैका टीमले अहिलेसम्म खेलेका ६ खेल मध्य तीन खेलमा जीत र तीनमा हार बेहोरेको छ । उसको अङ्क तालिकामा ६ अङ्क रहेको छ । २ अङ्कमा सिमित रहेको सेन्ट किट्सका लागि जमैकासंगको हारपछि उपाधि लिने यात्रा असहज बनेको छ ।

सन्दिपले अहिलेसम्म खेलेका ६ वटा खेलमा ९ विकेट लिएका छन् । सेन्ट किट्सविरुद्धको खेलमा उनले चार ओभरको बलिङमा २७ रन खर्चिएका थिए । उनले सेन्टमा इभेन लुइस र इस सोढीको विकेट लिएका हुन ।

पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जमैकाले १४७ रन बनाएको थियो । । १४८ रनको विजयी लक्ष्य पाएको सेन्टले १९.४ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्र जोड्न सकेको थियो ।

भदौ २५ गतेसम्म जारि हरने सिपिएल खेलेपछि सन्दिप इन्डियन प्रिमियर लिग आइपीएल खेल्नका युनाइटेड अरब इमिरेटस् जानेछन् । त्यहाँ उनले दिल्ली क्यापिटल्सबाट खेल्नेछन् ।