सुनसरीमा कोरोनाले लियो आमा छोराको ज्यान

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


काठमाडौं, १४ भदौ । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणबाट आमा छोराको एकै दिन मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनीहरू बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका थिए ।

धरान उपमहानगरपालिका -१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो । छोराको बिहान ७ :४५ बजे र आमाको ८ : ३० बजे मृत्यु भएको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।