जबर्जस्ती करणी अभियोगमा भूपू भारतीय सैनिक पक्राउ

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित



पोखरा, १५ भदौ । बालिकामाथि जबर्जस्ती करणी अभियोगमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १०, मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ हुन् ।

९ वर्षीया बालिकालाई ललाइफकाइ ४/५ महिनादेखि यौनशोषण गर्दै आएको उजुरी आधारमा कास्की प्रहरीले गुरुङलाई आइतबार स्याङ्जा बिरुवा गाउँपालिका ८, टोड्केबाट पक्राउ गरेको हो।

निजमाथि आवश्यक अनुसन्धानका लागि पोखरा ल्याइसकिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि गुरुङ भागेर स्याङ्जातर्फ गएको प्रहरीले जनायो ।