कावासोतीमा अत्यावश्यक बाहेकका सेवा भदौ १९ सम्म बन्द

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ भदौं । नगरपालिकाभित्र समुदायस्तरमा कोरोना भाइरस संक्रमण पुगेको भन्दै कावासोती नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने अवधी थप गरेको छ ।

सोमबार बसेको बैठकले भदौ १९ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए ।

पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण होटल, रेष्टुरेण्ट, पर्यटन व्यावसाय, बैंक तथा वित्तीय संस्था र सहकारीहरूको हकमा एटीएमबाहेकका सबै सेवा बन्द हुने भएको छ ।

खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी तथा वितरण विहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म गर्न पाइने समितिले जनाएको छ ।