आशा लघुवित्त पाँचौ वर्षमा प्रवेश

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


काठमाडौं, १५ भदौ।आशा लघुवित्त वित्तीय संस्था लिमिटेड आजदेखि पाँचौ वर्षमा प्रवेश गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको स्वीकृति प्राप्त संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा” भन्ने मुल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी वित्तिय कारोबार संचालन गर्दै आएको छ ।

संस्थाले ५५ वटा शाखा कार्यालय मार्फत ५६ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म रु. २ अर्ब ३९ करोड भन्दा बढि कर्जा प्रवाह गरेको छ । ८१ करोड निक्षेप संकलन गरेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले संस्थाको पाँचौ वर्ष प्रवेशका अवसरमा खुशी ब्यक्त गर्दै सम्पूर्ण ग्राहक, नियमनकारी निकाय तथा कर्मचारीलाई धन्यवाद व्यक्त गरे ।