नेप्से परिसूचक २२.३१ अंकले बढ्यो

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


काठमाडौं, १५ भदौं । साताको दोस्रो दिन नेप्से २२.३१ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २२.३१ अंकले बढेर १ हजार ४८४ दशमलव ९९ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ३ अर्ब ४६ करोड २५ लाख बढीको कारोबार भएको छ ।
आज कारोबार भएका मध्ये ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ वटा कम्पनीले गुमाएका छन् । यसमध्ये ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।