सिभिल लघुवित्तकाे लिलामी शेयरकाे आवेदन म्याद आजसम्म

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ कात्तिक । सिभिल लघुवित्त वित्तीय संस्थामा ८९ हजार ४५० कित्ता लिलामी शेयरका लागि आज आवेदन दिने अन्तिम दिन रहेको छ । संस्थाले असोज २५ गतेदेखि ८९ हजार ४५० कित्ता शेयर लिलामीका लागि खुलाएको थियो ।

११ हजार ६०८ संस्थापक समूहको र सर्वसाधारणतर्फको ७७ हजार ८४२ कित्ता शेयर रहेको छ । लिलामी शेयरका लागि बैंकका संस्थापक शेयरधनी, व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाले आवेदन दिन सक्ने बताईएको छ । आवेदनका लागि न्यूनतम १ सय रुपैयाँ वा त्यसभन्दा माथिको मूल्य राखि शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने जनाईएको छ ।

लगानी गर्न चाहनेहरुले संस्थापक सेयरमा कम्तिमा १ हजार र सर्वसाधारण समूहतर्फ न्यूनतम १ सयदेखि अधिकतम कित्ताका लागि आवेदन दिनसक्ने भएका छन् । बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट र सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालय विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीबाट लगानीकर्ताले आवेदन दिन सक्ने भएका छन । यस्तै, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट, घोराही, बाग्लुङ तथा महेन्द्रनगरका शाखा कार्यालयहरुबाट पनि लिलामी शेयरका लागि आवेदन दिन सकिने भएको छ ।