गरिमा विकास बैंकको पेप्सीकोला शाखा सञ्चालनमा

-



     सफल आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं महानगरपालिका वडा नं. ३२ स्थित पेप्सीकोलामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । आज मंसिर १४ गतेबाट बैंकले यस शाखा सञ्चालन गरि वित्तीय कारोवार शुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

काठमाण्डौंको लाजिम्पाटमा प्रधान कार्यालय रहेको विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १७ वटा शाखा सहित सम्पुर्ण प्रदेशमा गरि देशभर १०५ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको बताइएको छ ।