दिपज्योती सहकारीको नवाैं वार्षिक साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



पाेखरा २८ मंसिर। दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवाैं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कोभिड १९ का कारण सहकारी विभागले जारी गरेको साधारण सभा सञ्चालन सम्बन्धी निर्देशन र संस्थाको कार्यविधि अनुसार मंसिर २२ गतेबाट प्रारम्भ भई मंसिर २७ गते सभा समापन भएको हो ।

संस्थाका अध्यक्ष रुद्र मल्लको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहकारीका संचालक समिति र विभिन्न उप समितिका प्रतिनिधीहरु र सल्लाहकारहरुको मात्र उपस्थित रहेको थियो । नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापदण्डको पालना गरि संचालन गरिएको सभामा संस्थाका अध्यक्ष रुद्र मल्लले अध्यक्षको प्रतिवेदन,उपाध्यक्ष प्रभु गुरुङ्गले आर्थीक प्रतिवेदन र लेखासमिति संयोजक टेकनारायण रेग्मीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा महेशकुमार सिग्देल, वासुदेव पौडेल,मेघनाथ काफ्ले, विरेन्द्रलाल श्रेष्ठ,दुधमान गुरुङ्ग लगायतले संस्थाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

६ दिन सम्म सञ्चालनमा रहेको साधारण सभामा कुल ५९२ जना सदस्यको उपस्थिती रहेको थियो ।सभामा उपस्थित सदस्यहरुले संस्थाको बारेमा राखेका सुझाव एवं जिज्ञासाको संस्थाका सचिव विक्रम पन्तले जवाफ दिएका थिए ।

कास्की जिल्लाभर कार्यक्षेत्र रहेको यस सहकारीको कुल १०७४ जना सेयर सदस्यबाट करिब ४६ करोडको कारोबार गरेकाे संस्थाका प्रबन्धक दिपक शर्माले सफल आवाजलाई बताए ।