राष्ट्र बैङ्कले ट्रेजरी बिल बिक्री गर्ने

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित




काठमाडौँ, २८ मंसिर । नेपाल राष्ट्र बैङ्कले सोमबार रु. छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो

केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो । कूल रु. चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै रु. दुई अर्बको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ ।

सो बिल २०७८ मंसिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मंसिर २२ गते रु १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।