पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा भुजेल निर्विरोध निर्वाचित

-


     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित


पाेखरा, ५ पुस । पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा मोती भुजेल निर्वाचित भएका छन् । भुजेल परिवारको ४० औं अधिवेशनबाट शनिबार निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिवमा डा.चैतन्य अधिकारी, कोषाध्यक्षमा अर्जुन अधिकारी, सहसचिवमा शिव त्रिपाठी रहेका छन् ।

यस्तै साहित्य संयोजकमा रिता अधिकारी, संगीत संयोजकमा एमडी काफ्ले, कला संयोजकमा हेमकान्ती गुरुङ रहेका छन् । सदस्यहरुमा सुदर्शन पौडेल, प्रकाश पोखरेली, लिली अधिकारी, तीर्थ गुरुङ र दिपेन्द्र थापा ‘अरुण’ चयन भएका छन् ।

१३ सदस्यीय सिमित आनन्द श्रेष्ठको संयोजनमा सदस्यहरु जीवन सागर भण्डारी, इश्वरमणी अधिकारी, सरस्वती प्रतिक्षा र रमेश श्रेष्ठको निर्वाचन समितिले चयन गरेको हो ।

कार्यक्रममा परिवारका सल्लाहकार, संस्कृतिकर्मि कवि तीर्थ श्रेष्ठले ४३ वर्षसम्म संस्था अनवरत रुपमा चल्नु चानचुने नभएकाे बताए । कला, संगीत र साहित्यको क्षेत्रमा परिवारले उल्लेखनिय काम गरेको उनको दावि थियाे ।