प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै ७ मन्त्रीले दिए राजिनामा

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत, राजनीतिक मूल्य र स्थिरताको प्रतिकुल हुनेगरी कदम चालेको भन्दै उनको मन्त्रीमण्डलका ७ जना मन्त्रीहरुले राजिनामा दिएका छन् ।

राजिनामा दिनेहरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री बिना मगर रहेका छन् ।

यसैबीच, गृहमन्त्री राम बहादुर थापा ‘वादल’, उद्योग मन्त्री लेखराज भट्टको राजिनामा भने आएको छैन । उनीहरू ओली निकटमा मानिन्छन् भने राजिनामा दिएका ७ जना मन्त्रीहरू अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल पक्षका हुन ।