प्रोग्रेशिभ फाइनान्सकाे साधारण सभा पुस २९ गते

-



     सफल आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ पुस । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २४ औं साधारण सभा पुस २९ गते बोलाईएको छ । पुस ७ मा बसेको फाइनान्सकाे संचालक समितिको बैठकले पुस २९ गते ज्यापु प्रज्ञा भवन भोलगणेश, ललितपुर ९ मा दिउँसो १ वजे सभा बोलाउने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि शेयर दाखिल तथा खारेजको काम पुस १६ देखि २९ सम्म हुने बन्द हुने भएको छ । सभामा वार्षिक प्रतिवेदन, वित्तिय विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह लगायतका विषयमाथि छलफल गरी पारित गरिने भएको छ ।