महासंघ बागमती प्रदेशको कार्यसमिति निर्विरोघ, नेतृत्वमा पुगे दिलसुन्दर श्रेष्ठ

-



     सफल आवाज    
     पौष ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको चौथो प्रदेश सभाबाट अध्यक्षमा दिलसुन्दर श्रेष्ठ सहितको कार्यसमिति, पदाधिकारी र सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् ।

श्रेष्ठलाई धुलिखेल उद्योग वाणिज्य संघले अध्यक्षको उम्मेदवारको लागि प्रस्ताव गरेको थियो । उनी धुलिखेल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पनि हुन । श्रेष्ठ साढे दुई दशकदेखि महासंघमा सक्रिय रहँदै आएका छन् । २०५४ सालमा उनी धुलिखेल उद्योग वाणिज्य संघमा कार्यकारिणी सदस्यमा प्रवेश गरेका थिए । लगातार ३ पटक संघको नेतृत्व सम्हालेका थिए ।

महासंघमा २०६८ देखि हालसम्म ३ पटक केन्द्रिय कार्यसमिति सदस्य पदमा रहेर महत्वपूर्ण काम गरिसकेका छन् भने उनलाई चेम्बर अभियन्ताको रुपमा पनि चिन्ने गरिएको छ ।

यस्तै, उपाध्यक्षमा सबिन श्रेष्ठ चयन भएका छन् । अर्काे उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ चयन भएका छन् । उनी एसोसिएट तर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन । श्रेष्ठ नेपाल वितरक संघका निवर्तमान अध्यक्ष हुन । यस्तै कोषाध्यक्षमा गुणराज श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा कैलाश प्लान्चोके, शिवप्रसाद मानन्धर, श्याम थापा, हेमराज रिमाल, जीवनकाजी माकाजु श्रेष्ठ चयन भएका छन् । यस्तै एसोसिएट तर्फका प्रदिपमान मानन्धर तथा बस्तुगत तर्फका वीरेन्द्र भट्टराई चयन भएका छन् ।