पृथ्वी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा बञ्जारा निर्विरोध निर्बाचित

-



     सफल आवाज    
     पौष ११ गते २०७७ मा प्रकाशित



पोखरा, ११ पाैष । पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था पोखराकाे अध्यक्षमा किरणप्रसाद बञ्जारा चयन भएका छन । संस्थाको हालै सम्पन्न साधारणसभाले किरणप्रसाद बञ्जारालाई निर्विरोध अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्णकुमार मुल्मी, सचिवमा मेघबहादुर शाही र कोषाध्यक्षमा रामप्रसाद मुल्मी चयन भएका छन् । 

सदस्यमा अरविन्द तुलाचन, रामकुमार लामिछाने, सूर्यबहादुर थापा, रश्मी भण्डारी र अमृता थापा रहेका छन । लेखासमिति संयोजकमा खिमबहादुर खड्का, सदस्यमा लक्ष्मण पौडेल र सूर्य गिरी चयन भए । ऋण उपसमितिमा संयोजक सूर्यबहादुर थापा तथा सदस्यमा नित्यानन्द सुवेदी र विष्णु गिरी मनोनयन भएका छन् ।

शिक्षा उपसमितिमा संयोजक रामकुमार लामिछाने, सदस्यमा सन्दीप थापा र उत्सव मुल्मी रहेका छन् भने महिला उपसमिति संयोजक रश्मी अधिकारी भण्डारी तथा विष्णु कोइराला र विन्ध्येश्वरी तझ्या लामा सदस्य छन् ।

अनुगमन समिति संयोजक सोभित बस्याल, सदस्यमा अमृत पोखरेल र महेन्द्रराज पौडेल रहेका छन् । यसैगरी संस्थाले कानूनी सल्लाहकारमा शिवराज पौडेल, सल्लाहकारमा तेजेन्द्र तुलाचन, केदारनाथ अधिकारी, गोविन्दकुमार श्रेष्ठ र तेजकुमारी रेग्मी मनोनयन गरिएकाे बताइएकाे छ ।

निर्वाचन समितिका संयोजक एवं संस्थाका कानुनी सल्लाहकार शिवराज पौडेलले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । साधारण सभाको समापन कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारी, सरकारी र निजी क्षेत्रको सामूहिक प्रयासबाट राष्ट्र आर्थिक रुपले मजबूत हुन सक्ने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पृथ्वी बहुउद्देश्यीय सहकारी राष्ट्रियस्तरमै पुरस्कृत हुनु यस क्षेत्रकै गौरव भएको बताए । मुनाल सहकारीका अध्यक्ष एबं सफल मिडिया हाउसका प्रमुख दुर्गाप्रसाद हुमागाईंले एक व्यक्ति, एक सहकारीको नियम पालना गर्नुपर्ने र यसले सदस्यलाई फाइदा हुने बताए ।

लेखा परीक्षक रुद्रनाथ पौडेलले उत्कृष्ट कारोबार गरेर नै संस्था राष्ट्रिय रुपमा पुरस्कृत हुन सफल भएको उल्लेख गरे । संस्थाका अध्यक्ष ओमबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष कार्कीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पदस्थापनपछि नवनिर्वाचित अध्यक्ष किरणप्रसाद बञ्जाराले राष्ट्रिय रुपमै सम्मानित संस्थाको नेतृत्व गर्ने अवसर पाउँदा आफूले गर्व महसूस गरेको बताए । साथै उनले संस्थाको भवन निर्माण गर्ने, पृथ्वी छात्रवृत्ति कोष स्थापना गर्ने, मोवाइल बैंकिङ सञ्चालन गर्ने, सवारी दूर्घटना न्यूनिकरणको कार्य गर्ने र आफूले संस्थाबाट बैठक भत्ता आदि नलिने घोषणा गरेका थिए । संस्थाका प्रबन्धक मोहनप्रसाद अधिकारीले संस्थाका गतिविधि प्रस्तुत गरेका थिए । सचिव किरणप्रसाद बञ्जराको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सेयर सदस्य रश्मि अधिकारी भण्डारीले गरेकी थिइन् ।