प्रभु क्यापिटलका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

-



     सफल आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १९ पाैष । प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न शुक्रबार तालिमको आयोजना गरेको छ ।

तालिममा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामी दिनमा क्यापिटलका रणनितीहरुको बारेमा प्रस्ट पार्दे कर्मचारीहरुको मनोबलमा बृद्धी गरी सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गरेका थिए ।

ईन्भेष्टमेण्ट बैकिङ्गको अवधारणालाई प्रकाश पार्दे प्रबन्ध निर्देशक थकालीले आगामी दिनमा सोही बमोजिमको कार्यहरु गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएको बताइएको छ ।