ग्लोबल आइएमई लघुवित्तको कामु सीईओमा जोशी नियुक्त

-



     सफल आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १९ पाैष । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कामु प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशीलाई नियुक्त गरेको छ । पुस १६ गतेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत जोशीलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बताएको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत किरण कुवँरको करार पदावधि सकिएसँगै बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

२०६२ सालमा छिमेक लघुबित्तबाट करियर सुरु गरेका जोशीले २०६६ देखी मुक्तिनाथ बिकास बैकमा ८ बर्ष काम गरेका थिए । २०७४ मा चौतारी लघुबित्तमा नायव प्रमुख कार्यकारी अधिकृत भएका उनी गत चैत्रबाट ग्लोबल आइएमई लघुवित्तमा आबद्ध भएका थिए ।