एनआरएन लघुवित्त भयो किसान लघुवित्त वित्तीय संस्था लिमिटेड

-



     सफल आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० पुस । एनआरएन लघुवित्त वित्तीय संस्था नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्था भएको छ । संस्थाको नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्था लिमिटेड अभिलेखन गरिएको नेपाल स्टक एक्सचेन्जका सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जनाएका छन् ।

किसान लघुवित्त वित्तीय संथाको नामसंगै नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबारको लागि संकेत पनि परिवर्तन भई केएलबीएसएल भएको छ । यस्तै संस्थापकहरुले गर्ने शेयर कारोबारको परिवर्तित संकेत पनि परिवर्तन भएर केएलबीएसएलपी भएको जारी सूचनामा जनाईएको छ ।

गएको असार २९ गते काभ्रेको भकुण्डेबेसीस्थित दिव्य लघुवित्त तथा कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको किसान माइक्रोफाइनान्सलाई मर्जर गरेर एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु भएकाे थियो । अहिले सोहि नाम परिवर्तन गरेर किसान लघुवित्त वित्तीय संस्था बनाईएको हो ।