प्रोग्रेशिभ फाइनान्सको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न

-


     सफल आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित


काठमाडौं, २९ पुस । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आज बुधबार चौबिसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६/७७ वित्तीय अवस्थाको विवरण, वासलात, नाफा÷नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले बताए ।

सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७६/७७ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए । सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिनुहुँदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८का निम्ति बाह्य लेखापरीक्षकका रुपमा एस. पाण्डे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको बताइएको छ ।