नर्मदेश्वरीको ‘यात्राका तरङ्ग’ सार्वजनिक

-



     सफल आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ फगुन । साहित्यकार नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘यात्राका तरङ्ग’ पुस्तक लोकार्पण गरिएको छ । साहित्यकार नर्मदेश्वरी र डा. मदनप्रसाद सत्यालको विवाह भएको स्वर्ण वर्ष प्रवेशका अवसरमा विमोचित सो २४८ पृष्ठको पुस्तकमा देशविदेशका विभिन्न ठाउँमा भएका यात्रा प्रसङ्ग र साहित्यिक गतिविधिका २१ संस्मरण समावेश गरिएको छ ।

पारिवारिक वातावरणमा गरिएको कार्यक्रममा नौ वर्षीया प्रनिसा रेग्मी सभाध्यक्ष र डेढ वर्षीया सानिद्या केसीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको थियो । पुस्तक चिकित्सकद्वय डा. प्रदीप के.सी. र डा. जया सत्यालद्वारा प्रकाशन गरिएको हो ।