सनराइज बैंकको ७३औं शाखारहित बैंकिङ्ग सेवा कावासोतीमा

-


     सफल आवाज    
     चैत्र २५ गते २०७७ मा प्रकाशित


काठमाडौं, २५ चैत । सनराइज बैंक लिमिटेडले नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लाको कावासोती नगरपालिका वडा नं.–४, हसौरा, छिपछिपेमा शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७३ पुगेको छ । कावासोती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रमाकान्त चापागाईको प्रमुख आतिथ्यता उक्त शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ ।

सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिलभुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्गपहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।