एनआईसी एशिया लघुवित्तमा नवनियुक्त सञ्चालक दीपेशको पदवहाली

-


     सफल आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित


काठमाडौं, २१ जेठ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका नवनियुक्त संचालक दीपेश खेतान (अग्रवाल) ले शपथसहित पदबहाली गरेका छन। उनले बिहीबार संस्थाका अध्यक्ष कपिल ढकालबाट डिजिटल माध्यमबाट शपथ ग्रहण गरी पद बहाल गरे ।

उनलाई संस्थाको ११७ औँ संचालक समितिको बैठकबाट संस्थापक समुहबाट संचालक नियुक्त गरिएको थियो ।

पेसाले व्यवसायी दीपेशले कम्प्युटर इन्जिनियरिङमा स्नातक तथा व्यवसाय र उद्यमी विषयमा स्नातकोत्तर हासिल गरी करिब ५ वर्षको लघुवित्त वित्तीय संस्थाको सञ्चालकको कार्यअनुभव रहनुका साथै निजी व्यवसायको सञ्चालकको कार्य समेत गर्दै आएका छन ।

संचालक समिति अध्यक्ष ढकालले उनको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने संस्थाको विश्वास रहेको जनाए ।

साविक स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्ने/गाभिने (मर्जर) कार्य सफलतापुर्वक सम्पन्न गरेको सुनसरी जिल्ला इटहरी ९ केन्द्रिय कार्यालय रहेको “एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड” नेपाल राष्ट्र बैकबाट राष्ट्रियस्तरको “घ” वर्गको इजाजतपत्र प्राप्त संस्था हो ।

संस्था स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । संस्थाले मुलुकभर ६९ जिल्लामा २ सय ४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत लक्षमण चालिसेले विज्ञप्तिमार्फत जनाए ।